Lucky-Khabar_

तराई मधेशमा जथाभाबी ‘डीप बोरिङ’ खन्ने सरकारको निर्णय घातक बन्न सक्ने विज्ञको भनाई

राम सुन्दर आर्य
१४ साउन,काठमाण्डाै | तत्कालको समस्या सम्बोधन गर्ने नाममा तराई मधेशमा जथाभाबी ‘डीप बोरिङ’ नखन्न विज्ञहरूले सचेत गराएका छन् । ‘डीप बोरिङ’ ले भूमिगत पानीको सञ्चयमा जोखिम निम्त्याउने उनीहरूको तर्क छ ।

विज्ञहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल ५ सय वटा ‘डीप बोरिङ’ खन्न निर्देशन दिएपछि चिन्ता व्यक्त गरेका हुन् । विपद् अध्ययन केन्द्र इन्जिनियरिङ अध्ययन संस्थानका निर्देशक डाक्टर वसन्त अधिकारी तराईमा पानी पुनर्भरणको अवस्था अध्ययन गरेर मात्रै ‘ट्युबवेल’, ‘डीप बोरिङ’ खन्नुपर्ने बताउनुहुन्छ ।

content ad p2

उहाँले भन्नुभयो ‘तराईमा पानी कसरी रिचार्ज भएको छ ? कहाँ कहाँ पानीका मूल छन् ? ती कसरी सुकेका छन् ? स्यालो र डीप ट्युबेल कहाँबाट निकाल्न सकिन्छ भन्ने अध्ययन गरेर मात्रै दीर्घकालीन रूपमा समस्या सामाधान हुन सक्छ । तराईको भूमिगत जलस्रोतको अवस्थाबारे स्पष्ट अध्ययन भएको देखिँदैन । केही वैज्ञानिक अध्ययन भएका छन् तर ती अध्ययनले भूमिगत जलस्रोतको अवस्था देखाउँदैन ।’

चुरे क्षेत्रका विज्ञ भोला भट्टराई यसअघि विना अध्ययन खनिएका ‘डीप बोरिङ’ ले काम गर्न छोडेको भन्दै अब पनि हतारमा खन्न नहुने तर्क गर्नुहुन्छ । चुरे संरक्षणमार्फत गरिने कामले पानीको मुहान संरक्षण र चुरे क्षेत्रमा बसोवास गर्ने बासिन्दाको जीविकोपार्जन पनि सहज बनाउने उहाँको भनाइ छ ।‘तराईमा विगतमा खनिएका झन्डै ७० प्रतिशत डीप बोरिङ पानी नआउने अवस्थामा पुगेका छन्, कुन ठाउँमा पानीको सतह कुन सतहमा छ भन्नेबारेमा हामीकहाँ प्रशस्त मात्रामा अध्ययन भएको अवस्था छैन,उहाँले भन्नुभयाे| यस्तो अवस्थामा सुक्खा भएको ठाउँमा डीप बोरिङ राखिहालौँ भन्ने प्रक्रियाबाट हाम्रो काम अघि बढेको छ ।

यसले दीर्घकालीन समाधान गर्दैन । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको २० वर्षे गुरुयोजनाको स्पष्ट कार्यान्वयनको कुरा यहाँ जोडिन्छ । त्यो परियोजनाले पानीको सतह, वन, जैविक विविधता, समुदाय परिचालन, अपस्ट्रिम र डाउनस्ट्रिमको सम्बन्धका विषयहरू समेटेको छ । कति ढुङ्गा, गिटी, बालुवा तल जान्छन् ? मरभूमिकरण कति हुनसक्छ, त्यसलाई रोक्ने उपयुक्त विकल्प के हो ? भन्नेबारेमा एकीकृत ढङ्गले गुरुयाेजना बनेको छ । त्यो कार्यान्वयन नगरेर सरकारले हतारहतारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र भएको पैसा लगानी गर्न खोज्नु वैज्ञानिक भएन ।’

मधेश प्रदेशका जिल्लामा यही हप्ता अध्ययन गरेको मन्त्रालयस्तरको टोलीले पनि चैतयता सिँचाइका लागि ३ सय वटा ‘डीप बोरिङ’ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको जानकारी सरकारलाई गराएको थियो ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर