Lucky-Khabar_

दुई समुदायबीच जनकपुरमा झडप, स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार

वीरगञ्ज । दुई समुदायबीच जनकपुरमा झडप भएको छ। जनकपुर उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास (टियर ग्यास) प्रहार गरेको हो।

content ad p2

झडप नियन्त्रणबाहिर जान नदिन सुरक्षाकर्मीहरूले हस्तक्षेप गरेका थिए। “स्थिति तनावग्रस्त बन्दै गएको थियो, त्यसैले चार राउण्ड अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिइएको हो,”धनुषा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरीका अनुसार झडपको मूल कारण मूर्ति विसर्जनसँग सम्बन्धित केही आपत्तिजनक गतिविधि वा आपसी मनमुटाव रहेको अनुमान गरिएको छ। यद्यपि विवादको यथार्थ कारण अझै नसुल्झिएको र अवस्था सामान्य भए पनि विवाद समाधान बाँकी रहेकोप्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिले अवस्था नियन्त्रणमा रहे पनि समुदायबीचको विवाद भने पूर्णरूपमा समाधान भएको छैन। स्थानीय प्रशासन, सुरक्षा निकाय र समाजका अगुवाहरू मिलेर समस्या समाधानका लागि पहल भइरहेको जनाइएको छ।
विवादग्रस्त क्षेत्र आसपासमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थिति फेरि तनावग्रस्त नबनोस् भनेर स्थानीय प्रशासनले सतर्कता अपनाएको छ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर