Lucky-Khabar_

निजी हेलिकप्टरहरूलाई गृह मन्त्रालयद्वारा तत्काल तयारी अवस्थामा राख्न अनुरोध

काठमाडौं। निजी हेलिकप्टर सञ्चालक संघलाई गृह मन्त्रालयले तत्काल प्रयोगका लागि निजी हेलिकप्टरहरू तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ।

content ad p2

मन्त्रालयले शनिबार वायु सेवा सञ्चालक संघलाई पत्रमार्फत जानकारी दिँदै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन गर्न सकिने गरी निजी हेलिकप्टरहरू तुरुन्त प्रयोगका लागि तयार राख्न आग्रह गरेको हो।

यो आग्रह खासगरी अहिले भइरहेका भारी तथा अति भारी वर्षाका कारण आउने सम्भावित बाढी, पहिरो र डुबानबाट प्रभावित हुने व्यक्तिहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन गरिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायु सेवा सञ्चालक संघबीच भएको सम्झौतामा आधारित भएर यो कदम चालिएको मन्त्रालयले जानकारी दिएको छ। विपद् प्रभावित क्षेत्रहरूमा छिटो छरितो उद्धार तथा राहत कार्य सञ्चालन गर्न सहयोग पुग्ने यसबाट अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर