Lucky-Khabar_

पर्सामा आठ लाख मूल्य बराबरको प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नष्ट

वीरगञ्ज । पर्सा जिल्लामा सशस्त्र प्रहरी बललेअवैध रूपमा भारतबाट ल्याइएको ठूलो परिमाणको प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नष्ट गरेको छ। नं. १३ गण हे.क्वा पर्साको टोलीले आज धोविनि गाउँपालिका-२, आस्वारीस्थित क्षेत्रमा आठ लाख रुपैयाँ बराबरका १० हजार चल्ला (१०० कर्टुन) नियन्त्रणमा लिएको हो|

content ad p2

सशस्त्रका प्रहरी निरीक्षक प्रसीसु गुल्म भिखम्पुर, अलौ र बिओपि मिर्जापुरबाट खटिएको २१ सदस्यीय संयुक्त टोलीले ना ८ प ६६२४ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई नेपालमा ल्याइ भण्डारण गरिएको चल्ला बरामद गरेको जनाएको छ।

त्यस्तै बरामद प्रतिबन्धित चल्लाहरू नेपाल प्रहरी, स्थानीय पत्रकार, क्वारेन्टाइनका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको पेरिमिटरभित्र खाडल खनेर नष्ट गरिएको छचोरी निकासी कार्यमा प्रयोग भएको मोटरसाइकललाई भन्सार प्रक्रिया पूरा गर्नका लागि आवश्यक कदम चालिने समेत सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिए।

यो कार्यले अवैध पक्षीय च्यानलहरूलाई निरुत्साहित गर्दै स्वास्थ्य र सुरक्षा मापदण्डको पालना सुनिश्चित गर्न सहयोग पुर्‍याउने आशा गरिएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर