Lucky-Khabar_

रौतहटको महेशपुरमा पछिल्लो २४ घण्टामा २७० मिलिमिटर वर्षा

काठमाडौं। रौतहटको महेशपुरमा पछिल्लो २४ घण्टामा बागमती र मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ। रेकर्डअनुसार आज अपराह्न चार बजेसम्मको सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ।

content ad p2

महेशपुरमा २४ घण्टामा २७० मिलिमिटर वर्षा मापन भएको छ भने गौरमा २४३.६ मिलिमिटर वर्षा भएको छ। पर्साको मुडलीमा २३१.८ मिलिमिटर, वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै बाराको कलैया क्षेत्रमा २१०.६, निजगढमा १५७.८ र रौतहटको गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ।

मौसमविद्हरूका अनुसार आज राति थप वर्षा हुने अनुमान गरेका छन्। त्यसैले आगामी असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ। जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सावधानी अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर