Lucky-Khabar_

बाढीले पर्सामा दुई प्रहरी कार्यालय डुबानमा, महत्वपूर्ण सामान सुरक्षित स्थानमा सारियो

राम आर्य
वीरगन्ज। पर्सा जिल्लाका दुई प्रहरी कार्यालय असोज १७ गते रातिदेखि परेको अविरल वर्षा र सिरिसिया खोलामा आएको बाढीका कारण डुबानमा परेका छन्। बाढीको प्रभावबाट कार्यालयका महत्वपूर्ण कागजात, हातहतियार र लत्ताकपडाहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ।

content ad p2

वीरगन्ज–११ स्थित अस्थायी प्रहरी पोष्ट रानीघाटमा सिरिसिया खोलाको बहाव अत्यधिक बढेसँगै कमाण्ड भवनभित्र ३.५ मिटर पानी पसेर डुबान भएको छ। कार्यालयका लत्ताकपडा, आधिकारिक कागजात र फर्निचरहरू माथि राखेर सुरक्षित गरिएको छ भने हातहतियार र अन्य संवेदनशील सामग्रीहरू वडा प्रहरी कार्यालय श्रीपुरमा स्थानान्तरण गर्ने प्रक्रिया जारी छ।

त्यस्तै वीरगन्ज–१६ स्थित प्रहरी चौकी बसपर्सामा पनि असोज १८ गते राति करिब ८ः३० बजे पानी निकास नहुँदा २ मिटर पानी जमेको थियो। चौकीका कर्मचारीहरू, हातहतियार, सञ्चार उपकरण र लत्ताकपडाहरू दोस्रो तल्लामा सारिएका छन्। यहाँका संवेदनशील सामग्रीहरू पनि वडा प्रहरी कार्यालय श्रीपुरमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी कार्यालयहरू डुबानमा परे पनि समयमा सुरक्षित स्थानमा सामग्री सारिएपछि ठूलो क्षति हुनबाट जोगिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर