Lucky-Khabar_

रौतहटमा खातुन महिलाको विभत्स हत्या, घरभित्रै गाडिएको अवस्थामा शव फेला

रौतहट,। रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको जघन्य हत्या भएको खुलासा भएको छ। स्थानीय शेख आदिलकी २५ वर्षीया पत्नी तरीमा खातुनको शव मंगलबार बिहान घरभित्रै लुकाइराखेको अवस्थाबाट प्रहरीले बरामद गरेको हो।

content ad p2

प्रहरीले जनाएअनुसार सोमबार राति खातुनको निर्मम हत्या गरिएको थियो। उनलाई मारेर घरभित्र रहेको भुस संकलन गर्ने ठाउँमा खाडल खनेर पुरिएको अवस्थामा भेटिएको हो। शव अत्यन्त नराम्रो तरिकाले बिग्रिएको भएकाले दुराचारको सम्भावना समेत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मृतकका पति शेख आदिल भने रोजगारीका लागि साउदी अरबमा रहेको बुझिएको छ। घटना बाहिर आएपछि खातुनका ससुरा शेख अली मोहम्मद र घरका अन्य सदस्यहरू डेढ वर्षीय नाती मोहम्मद आरिफसहित एकैसाथ बेपत्ता भएको प्रहरीले जनाएको छ।

घर वरिपरिबाट असामान्य गन्ध फैलिन थालेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले पछाडिको भागमा थुपारिएको भुस हटाउँदा खाडलभित्र लुकाइएको शव फेला परेको हो।

गम्भीर प्रकृतिको अपराध मान्दै प्रहरीले फरार व्यक्तिहरूको खोजी तीव्र पारेको छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ।

घटनापछि गाउँमा तनाव बढेको छ र स्थानीयहरू दोषीलाई छिटो पक्राउ गरी कठोर कारबाही गर्न सरकारसमक्ष माग गरिरहेका छन्।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर