Lucky-Khabar_

रास्वपामा एआइजी विश्वराज पोखरेल जस्ता बिसिष्ट ब्यक्तिहरुको रास्वपामा प्रवेश

१२ मंसिर, काठमाडौं । रास्वपामा एआइजी विश्वराज पोखरेल जस्ता बिसिष्ट ब्यक्तिहरुको रास्वपामा प्रवेश शुरु भएको छ| नेपाल प्रहरीले पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्।

content ad p2

बनस्थली स्थित पार्टी कार्यालयमा हुने विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक प्रवेश गर्ने कार्यक्रम तय गरिएको पार्टी स्रोतले जनाएको छ। पोखरेललाई प्रवेशपछि पार्टीको अनुशासन आयोगमा महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरिएको रास्वपा स्रोतको भनाइ छ।

पोखरेलले २०७७ मंसिर २५ गते एआइजीको पद सम्हालेका थिए भने २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए। तेस्रो वरीयतामा रहेका एआइजी धिरजप्रताप सिंहलाई आइजिपी पदमा नियुक्ति दिएपछि उनी असन्तुष्ट बनेका थिए र सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा समेत पुगेका थिए।

उनको राजनीतिक यात्राको सुरुवातसँगै रास्वपाभित्र नयाँ नेतृत्वसम्बन्धी चर्चा चुलिएको छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर