Lucky-Khabar_

रेडियो वीरगंजको २३औँ वर्षगाँठमा २७ महिला सहित २०८ जनाले रक्तदान

वीरगंज । रेडियो वीरगंजको ২৩औँ वार्षिकोत्सवको अवसरमा शनिबार मुर्ली बगैचास्थित रेडियो परिसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २७ महिला सहित कुल २०८ जनाले रक्तदान गरेका छन्।

content ad p2

कार्यक्रमको अध्यक्षता रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, पत्रकार शम्भु कुमार सुमन, माधुरी महतो, सुर्यानारायण विक, श्रवण साह, प्रदीप पण्डित लगायत विभिन्न सामाजिक–राजनीतिक व्यक्तित्वले सहभागिता जनाउँदै रक्तदान गरेका थिए।

भारतका वीरगंज स्थित महावाणिज्य दूतावासको सहकार्यमा आयोजित कार्यक्रममा संघीय सरकारका पूर्व कानुन मन्त्री अजय चौधरी, वीरगंज महानगरका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पूर्व मेयर नितेन्द्र साह, भारतिय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मीना, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका एसपी सुदीपराज पाठक, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफलगायत अनेक व्यक्तिहरूको उपस्थिति रहेको थियो।

रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा प्राविधिक टोलीले आवश्यक प्राविधिक सहयोग प्रदान गरेको थियो।

सम्बन्धित खबर

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर