Lucky-Khabar_

वीरगन्जमा नेपाल जनता पार्टीका नेता सन्तोषानन्द महाराजलाई ज्यान मार्ने धम्की

बिरगंज ।वीरगन्जमा नेपाल जनता पार्टीका नेता सन्तोषानन्द महाराजलाई ज्यान मार्ने धम्की आएको छ।
उनले आफूलाई वीरगन्ज–३ का नदिन अन्सारी नामक व्यक्तिले भिडियोमार्फत हत्या गर्ने धम्की दिएको दाबी गरेका छन्।
महाराजले आइतबार माइस्थान मन्दिर प्रांगणमा पत्रकार सम्मेलन गर्दै उक्त घटना सार्वजनिक गरे।
उनका अनुसार उनी लामो समयदेखि हिन्दू समाजका पक्षमा सामाजिक तथा धार्मिक गतिविधि गर्दै आएका छन्।
यही कारण केही समूहले आफूलाई लक्षित बनाइरहेको उनको आरोप छ।
पत्रकार सम्मेलनमा महाराजले धम्कीपूर्ण भिडियो समेत प्रस्तुत गरे।
भिडियोमा मुस्लिम पहिरनमा देखिने एक युवकले हिन्दू समुदायविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको देखिन्छ।
उक्त युवकले सन्तोषानन्द महाराजलाई हत्या गरी भारतको रक्सौलस्थित रेलको पटरीमा फाल्ने धम्की दिएको पनि भिडियोमा देखिन्छ।
महाराजले आफू पर्सा क्षेत्र नम्बर २ बाट आगामी चुनाव नेपाल जनता पार्टीको तर्फबाट लड्ने तयारीमा रहेको बताए।
यही राजनीतिक कारणले पनि आफूलाई निशाना बनाइएको उनको दाबी छ।
धम्कीसम्बन्धी सम्पूर्ण विवरणसहित उनले जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गरिसकेका छन्।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको उनले जानकारी दिए।
महाराजले आफ्नो सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै दोषीप्रति शीघ्र कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

content ad p2

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर