Lucky-Khabar_

१३ वर्षीया बालिकालाई बलात्कार गर्ने ओली निकट एमाले नेता शिवशङ्कर साह ‘हिरा’ पक्राउ

वीरगञ्ज । १३ वर्षीया बालिकालाई जनकपुरस्थित एक होटेलमा दुई दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा नेकपा एमालेका नेता शिवशङ्कर साह ‘हिरा’ पक्राउ परेका छन्। साह एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट नेताका रूपमा चिनिन्छन्।

content ad p2

धनुषा प्रहरीले साहलाई भारतको बिहार राज्य, सीतामढीबाट मंगलबार राति पक्राउ गरी जनकपुर ल्याएको जनाएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै साह भारततर्फ फरार भएको र नेपाल प्रहरी तथा भारतीय सुरक्षायन्त्रबीचको समन्वयमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेशबहादुर बमले दिए।
उक्त प्रकरणमा पीडितका मामा सञ्जय महासेठलाई समेत प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। महासेठमाथि घटना मिलापत्र गराउने प्रयास र पीडित पक्षबाट रकम लिएको आरोप छ।
प्रहरीका अनुसार कात्तिक २२ गते जनकपुरको जानकी चोकस्थित एक होटेलमा १३ वर्ष ४ महिनाकी बालिकामाथि साहसहित चार जनाले सामूहिक बलात्कार गरेका थिए। पीडित पक्षले दुई साताअघि जिल्ला प्रहरी कार्यालय धनुषामा दिएर दर्ता गराएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको बताइएको छ।
यसअघि नै घटनामा संलग्न रहेको आरोपमा साहका दाजु मनोजकुमार साह (महतो) लाई काठमाडौँबाट पक्राउ गरिएको थियो। मनोजको बयानका आधारमा शिवशंकरसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि दुई जना अझै फरार रहेको र उनकी खोजी जारी राखिएको प्रहरीको भनाइ छ।

शिवशङ्कर साह २०७९ को स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरका शक्तिशाली उम्मेदवारका रूपमा उदाएका थिए। आसन्न एमाले ११औँ महाधिवेशनका लागि उनी धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि पनि निर्वाचित भइसकेका थिए। यस्ता अवस्थामा उनी जघन्य अपराधको आरोपमा पक्राउ परेपछि घटनाले देशभर चासो बढाएको छ।
धनुषाका एसपी रुग्मबहादुर कुँवरको नेतृत्वमा अनुसन्धान भइरहेको छ। “राजनीतिक दबाब आए पनि दोषीलाई कानुनी दायरामा ल्याइनेछ,” एक प्रहरी स्रोतले जनाएको छ।
नाबालिगमाथि बढ्दो यौन हिंसाका घटनाबीच राजनीतिक तथा व्यवसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूको संलग्नता देखिनु घटनालाई अझ गम्भीर बनाएको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर