Lucky-Khabar_

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज|नेशनल मेडिकल कलेज प्रा.लि. र नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य–सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सोमबार (डिसेम्बर १०, २०२५) वीरगञ्ज–१५, पर्सास्थित नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

content ad p2

सम्झौताअनुसार एनआई कलेजका बोर्ड सदस्य, कर्मचारी, खेलाडी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूले नेशनल मेडिकल कलेजमार्फत विभिन्न स्वास्थ्य सेवा विशेष सुविधा सहित प्राप्त गर्नेछन्। सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, अन–साइट क्लिनिक सञ्चालन, वेलनेस प्याकेज तथा अस्पतालका विविध सेवामा छुटको व्यवस्था गरिएको छ।

ओपीडी, जनरल बेड, आईसीयू/एनआईसीयू/पीआईसीयू, शल्यक्रिया, प्याथोलोजी परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई, फार्मेसी र डेन्टल सेवामा पनि विशेष सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ।

सहकार्य सम्झौतामा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी र नेशनल इन्फोटेक कलेजका प्रिन्सिपल इन्जिनियर मनीष सिंहले हस्ताक्षर गरेका छन्। सम्झौता एक वर्षका लागि लागू हुने र आवश्यकताअनुसार आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

दुवै संस्थाका प्रतिनिधिहरूले यो सहकार्यले आपसी सम्बन्धलाई अझ मजबुत बनाउँदै शैक्षिक क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर