Lucky-Khabar_

रौतहटको परोहा–८ नरकटिया शंकर प्रा.वि.को शिक्षामा चरम लापरवाही:भवन अभावमा त्रिपालमुनि कक्षा सञ्चालन, युवाहरुको पहलमा अस्थायी व्यवस्था

रौतहट|परोहा नगरपालिका–८ स्थित नरकटिया शंकर प्राथमिक विद्यालय आफनो नयाँ भवन निर्माण भइरहेकाले हालसम्म पनि स्थायी कक्षाकोठा नहुँदा विद्यार्थीहरू मजबुर भएर असुरक्षित खुला ट्रसभित्र बोरा बिछाएर अध्ययन गर्न बाध्य हुने अवस्था रहेको छ।

content ad p2

स्थानीय युवाहरूले अवस्था देखेर विद्यालयमा सरोकारवाला निकायका हाकिम सरलाई बोलाई तत्कालीन आवश्यकताको रूपमा त्रिपालको व्यवस्था गरिदिएका छन्, जसपछि केही कक्षाहरूमा अस्थायी रूपमा अध्ययन सहज भएकाे छ।

यसैबीच, विद्यालयमा शिक्षक उपस्थितिसम्बन्धी गुनासो पनि उठेका थिए। केही व्यक्तिहरूका अनुसार एक शिक्षकको सट्टामा अर्कैले पढाइ गरिरहेको जानकारी आएको थियो। सोबारे बुझ्दा सम्बन्धित शिक्षक बिरामी बिदामा रहेको विद्यालय प्रशासनले जनाएकाे छ। स्थानीय युवाहरूले भने यस्तो विषयमा कुनै लापरबाही नभएर वास्तविकता पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।”जसले सरकारी जागिर खान्छ, उसैले जिम्मेवारी पूरा गर्नुपर्छ। ड्युटी गर्न नसक्नेतले राजीनामा दिनुपर्छ,” एक स्थानीय युवाले भने।

त्यस्तै यो बिदालयमा शिक्षक राजनैतिक दलको पहुच वा पैसाको भरमा नियुक्ति लिएर आफु बिभिन्न बहानामा बाहिर बस्ने र अरुलाई हाजिरमा राख्ने |आफ्नो बच्चा बाहिर महँगो बोर्डिंगस्कुलमा पिसा तिरेर पढाउने अनि आफु चाहि यस शंकर प्रा.वि.मा हाजिरै नगरी गरिब र दलित बच्चाको भबिस्य बिगारी तलब लिने गरेको गुनासो स्थानिहरुको रहेको छ |यस विद्यालयमा शिक्षक जति बिना आयोगको पालिका नियुक्तिको धनि ब्यक्ति छन् भने बिधार्थीहरु जति गरिबहरुको हुन्छ त्यसले गर्दा पनि सरोकारवालाको सरकारी बिदालयको पढाई प्रति ध्यान न जानु स्वभाविक हो देखिन्छ |

विद्यालयको नयाँ भवन निर्माण कार्य जारी रहेको र विद्यार्थीहरूको पोशाकलगायतका आवश्यक सामग्री छिट्टै उपलब्ध गराइने परोहा नगरपालिकाले बताएको छ।स्थानीय समुदाय, अभिभावक र युवाहरूको सक्रियताले विद्यालयको सुधारमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर