Lucky-Khabar_

रास्वपा सभापति रवि लामिछाने –छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा

बुटवल । सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तथा पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आजका लागि तोकिएको छ।

content ad p2

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार उनीहरूको मुद्दा न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको संयोजकत्वमा रहेको चौथो इजलाशमा परेको हो। यसअघि सार्वजनिक बिदाका कारण निर्धारित मितिमा सुनुवाइ हुन सकेको थिएन।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध मामिलामा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेशी १३ गतेपछि पटक–पटक सारिँदै आएको छ।

सहकारीमा देखिएको अपचलनसम्बन्धी आफ्नो हिस्साको बिगो रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेलाई रिहा गर्ने माग अस्वीकार गरेपछि उनी अझै पुर्पक्षकै थुनामा छन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर