Lucky-Khabar_

जसपा पर्साबाट प्रतिनिधि सभा निर्वाचनका लागि ४ वटै क्षेत्रका उम्मेदवार सिफारिस,पर्सा–४ मा तबरेज अहमदको एकल नाम

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) पर्साको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका चारै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ।

content ad p2

जसपा पर्साका अध्यक्ष सिंगासन साह तेलीको अध्यक्षता र जसपा केन्द्रीय उप–महासचिव प्रदिप यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकले उम्मेदवार नामावली सिफारिस गर्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दिए।

बैठकले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ क्षेत्र नं. १ बाट निर्वतमान सांसद तथा पूर्वमन्त्री प्रदिप यादव, क्षेत्र नं. २ बाट प्रेमबाबु पटेल, क्षेत्र नं. ३ बाट जनार्दन प्रसाद यादव र क्षेत्र नं. ४ बाट तबरेज अहमदलाई सिफारिस गरेको जसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष इश्वचन्द्र यादवले बताए।

समानुपातिकतर्फ पनि उम्मेदवारको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. १ बाट नेक महमद अन्सारी, नुर आलम अन्सारी, उमेश लाल सहनी, कुमु मानन्धर र रुयैदा खातुनसहित ६ जनाको नाम सिफारिस भएको छ।

त्यसैगरी क्षेत्र नं. २ बाट नागेन्द्र प्रसाद यादव, हरेन्द्र प्रसाद चौधरी र बैजन्ती मालाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. ३ बाट सल्मा खातुन र क्षेत्र नं. ४ बाट राम्भा यादव समानुपातिक सूचीमा परेका छन्।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर