Lucky-Khabar_

वीरगञ्ज –१२ का वडा कार्यालय र स्वास्थ्य चौकी नयाँ भवन मेयर सिंहले पूजापाठ र वडाध्यक्ष गुप्ताल द्वारा उद्घाटन

वीरगञ्ज । करीब आठ वर्षदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको वीरगञ्ज महानगरपालिका–१२ को वडा कार्यालय तथा स्वास्थ्य चौकी अब आफ्नै नवनिर्मित भवनमा सारिएको छ। शुक्रबारदेखि सेवा औपचारिक रूपमा नयाँ भवनबाट प्रदान थालिएको हो।

content ad p2

संघ सरकारको १ करोड २५ लाख रुपैयाँ लागतमा मुर्ली पोखरी नजिक निर्माण गरिएको दुई तले आधुनिक भवनको उद्घाटन मेयर राजेशमान सिंहले हिन्दू विधिअनुसार पूजापाठ गरी गरे। वडाध्यक्ष सुरेश प्रसाद गुप्ताले उद्घाटनसम्बन्धी जानकारी दिए।

नयाँ भवनको भुईँतलामा स्वास्थ्य चौकी र दोस्रो तलामा वडा कार्यालय सञ्चालनमा ल्याइएको छ। आफ्नै भवन सञ्चालनमा आएपछि सेवाग्राही तथा बिरामीहरूलाई अझ सहज, प्रभावकारी र दृढ सेवा प्रदान गर्न सकिने वडाध्यक्ष गुप्ताले बताए।

उद्घाटन समारोहमा मेयर सिंहका साथै प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा सदस्यहरू दिपक डंगोल र सीमा बैठा, वडा सचिव मुकेश दास, कर्मचारी तथा स्वास्थ्यकर्मीहरू उपस्थिति थिए।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर