Lucky-Khabar_

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् चार नयाँ मन्त्री नियुक्त गरि चौथोपटक विस्तार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन्। यस पटक चार जना नयाँ मन्त्री सरकारमा सहभागी हुने तय भएको स्रोतले जनाएको छ।

content ad p2

शीतल निवासका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री नियुक्त गर्ने तयारी भएको छ। उनीहरूलाई निम्नानुसार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ:-श्रद्धा श्रेष्ठ : महिला तथा बालबालिका मन्त्रालय,माधव चौलागाईं : वन मन्त्रालय,राजेन्द्रसिंह भण्डारी : श्रम मन्त्रालय,कुमार इङ्नाम : भूमि मन्त्रालय

नव–नियुक्त मन्त्रीहरूले आज दिउँसो ३ बजे शपथ ग्रहण गर्नेछन्।यसअघि प्रधानमन्त्री कार्कीको नेतृत्वमा १० सदस्यीय मन्त्रिपरिषद् रहेको थियो। ९ कात्तिकमा तेस्रोपटक गरिएको पुनर्गठनपछि डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बनेका थिए।

नवीनतम विस्तारसँगै मन्त्रिपरिषद्को आकार १४ सदस्यीय हुने छ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर