Lucky-Khabar_

निरिह पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालक पक्राउ

काठमाडौं । काठमाडौंको चप्पल कारखाना क्षेत्र नजिक सडकमा हिँडिरहेका एक पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालक पारस बमलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। त्यसपछि प्रहरीले खोजी तीव्र पार्दै उनलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि फरार रहेका बमलाई विशेष सूचनाका आधारमा पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

content ad p2

प्रहरीका अनुसार उनीविरुद्ध सार्वजनिक शान्ति भंग तथा कुटपिटसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। सार्वजनिक स्थलमा कसैमाथि आक्रमण गर्ने कार्य कानुनविपरीत हुने भन्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कारबाही गरिने स्पष्ट पारेको छ।

उक्त घटनाले सडक सुरक्षाबारे प्रश्न उठाएको थियो। पक्राउसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर