बिरगंज| पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ सिवान टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

घरदैलो कार्यक्रमका क्रममा रास्वपा पर्सा एकका सभापति राम आर्य,दुईका फैयाज अन्सारी,प्रदेस सदस्य प्रुशोतम उपाध्याय तथा रास्वपाका युवा नेता सुधिर पटेल लगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। युवादेखि जेष्ठ नागरिकसम्मको सक्रिय उपस्थितिले चुनावी माहोल थप उत्साहपूर्ण बनेको थियो।
उम्मेदवार कानुले घरदैलो कार्यक्रममा स्थानीय ८५ वर्षीय जेष्ठ नागरिक जनक साहले उम्मेदवार कानुलाई विजयको आशीर्वाद दिँदै राजनीतिमा अब नेतृत्व परिवर्तन अपरिहार्य भएको स्पष्ट सन्देश दिए। 
उनले भने,“अबको समय परिवर्तनको हो। जेष्ठ नागरिक भत्ता, वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षा कार्यक्रम पार्टीले होइन, सरकारले दिन्छ। त्यसैले कुनै पार्टीको झुटो आश्वासनमा नपरी सही मतदान गर्नु आवश्यक छ। सही निर्णय भनेको सन्तानको भविष्य सुरक्षित गर्नु हो।”
स्थानीय बासिन्दाहरूले पनि आफ्ना समस्या तथा अपेक्षाबारे उम्मेदवारसमक्ष धारणा राखेका थिए। सडक, खानेपानी, सरसफाइ तथा रोजगारीजस्ता विषयमा चासो व्यक्त गरिएको थियो।कार्यक्रम शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।


