Lucky-Khabar_

पर्सामा पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश, नगवामा हरि पन्तको घरदैलोमा उत्साहजनक जनसमर्थन

वीरगञ्ज। देशभर परिवर्तनको बहस चुलिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण पर्सामा पनि बढ्दो देखिएको छ। पर्सा क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा वीरगञ्ज महानगरपालिका–२३ मा आयोजित पार्टी प्रवेश कार्यक्रमले रास्वपाको संगठन विस्तारलाई थप बल पुर्‍याएको छ।

content ad p2

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (पूर्व माओवादी) का आधा दर्जन स्थानीय पदाधिकारीले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्। माओवादी केन्द्रका इकाइ सदस्य जितेन्द्र महतो, सह–सचिव चन्दन पासवान, नगर सदस्य सुनिल कुमार ततवालगायतका नेताहरूले वैकल्पिक राजनीतिक धारलाई समर्थन गर्ने घोषणा गरेका हुन्। उनीहरूले पुरानो राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्ति सुदृढ गर्न लागेको बताएका थिए।

यसैक्रममा पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा रास्वपा पर्सा सभापति हरि पन्तले चुनावी अभियानलाई तीव्र बनाएका छन्। शनिबार नगवामा पार्टी कार्यालय उद्घाटनपछि उनले घरदैलो कार्यक्रमलाई गति दिएका हुन्। स्थानीय बासिन्दाको उल्लेख्य सहभागितासहित सम्पन्न घरदैलो अभियानमा मतदातासँग प्रत्यक्ष संवाद गरिएको थियो।

पन्तले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासनलाई आफ्नो प्रमुख एजेन्डा रहेको दोहोर्‍याए। घण्टी चुनाव चिन्हसहित कार्यकर्ताहरूले घरघर पुगेर समर्थन मागेका थिए। कार्यक्रमका क्रममा स्थानीयवासीले फूलमाला र गम्छा लगाएर स्वागत गरेका थिए।

घरदैलोमा युवाहरूको सक्रिय उपस्थिति देखिएको थियो। समर्थकहरूले बालेन शाह र रवि लामिछाने का तस्वीरसहित घण्टी चिन्ह अंकित सामग्री बोकेर नाराबाजी गरेका थिए। “जय घण्टी” र “अबकी बार, वैकल्पिक सरकार” जस्ता नाराले माहोल उत्साहपूर्ण बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले राजनीति सेवामूलक हुनुपर्ने धारणा राख्दै परम्परागत दलप्रति निराश मतदाताले वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने बताए। उनले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोका क्रममा स्थानीयले बेरोजगारी, कृषि उत्पादनको बजारीकरण, सडकको दुरवस्था र स्वास्थ्य सेवाको अभावजस्ता विषय उठाएका थिए। पन्तले केन्द्र सरकारसँग समन्वय गर्दै पर्सा–१ लाई विकासको नयाँ चरणमा लैजाने प्रतिबद्धता जनाए।

निर्वाचन नजिकिँदै जाँदा पर्सामा विभिन्न दलका उम्मेदवारहरू सक्रिय रूपमा मतदाता भेटघाट र संगठन विस्तारमा जुटेका छन्। रास्वपाले भने आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर