Lucky-Khabar_

डिजिटल हिंसाको शिकार अमिसा पराजुलीले साइबर ब्यूरोमा दिइन् उजुरी

काठमाडौं । डिजिटल माध्यमबाट हुने हिंसाको शिकार बनेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा औपचारिक उजुरी दर्ता गराएकी छन्। साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार उजुरी पेश गरेकी हुन्।

content ad p2

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउको विरोधमा आयोजित प्रदर्शनका क्रममा व्यक्त गरेको धारणा पछि आफूविरुद्ध सामाजिक सञ्जालमा धम्की र गालीगलौज बढेपछि उनले कानुनी प्रक्रिया अघि बढाएकी हुन्।

सामाजिक सञ्जालमार्फत उनलाई बलात्कारसम्मको धम्की दिइएको बताइएको छ। ती धम्कीपूर्ण सन्देश र टिप्पणीहरू पराजुलीले संकलन गरी प्रमाणका रूपमा सुरक्षित राखेकी छन्।

सोही आधारमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न उनले सम्बन्धित निकायसँग माग गरेकी छन्।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर