Lucky-Khabar_

वीरगंजमा कुटपिटबाट प्रहरी कर्मचारीको मृत्यु, चार जना पक्राउ

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–९ श्रीपुरमा कुटपिटको घटनामा एक प्रहरी कर्मचारीको मृत्यु भएको छ। आइतबार राति भारतीय राजदूतावास पछाडि रहेको एक घरमा भएको झगडामा परी २७ वर्षीय विकास चौरसियाको ज्यान गएको प्रहरीले जनाएको छ।

content ad p2

मृतक चौरसिया पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी हुन्। प्रारम्भिक जानकारीअनुसार उनी नेपाल प्रहरीमा कार्यरत थिए।स्थानीयका अनुसार रौतहट घर भएका एक परिवारले भाडामा लिएको कोठामा भएको विवाद झगडामा परिणत हुँदा कुटपिट भएको हो। सो क्रममा रड प्रहार हुँदा चौरसिया गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घटनाबारे थप विवरणका लागि प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतसँग सम्पर्क गर्न खोजिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन। प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूको भूमिका सम्बन्धमा विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर