Lucky-Khabar_

वीरगञ्जमा २० वर्षीया युवती मृत अवस्थामा फेला,आत्महत्याको कि हत्या

२९ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित एक डेरामा बस्दै आएकी २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्। रौतहटको दिपही स्थायी घर भएकी ती युवती शनिबार बिहान करिब ९ बजे आफ्नै कोठाभित्र मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

content ad p2

प्रहरीका अनुसार युवती मोडलिङ तथा सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा सक्रिय थिइन्। प्रारम्भिक अनुसन्धानबाट पछिल्लो समय उनको वैवाहिक जीवनमा तनाव देखिएको र व्यक्तिगत सम्बन्धका कारण मानसिक दबाबमा रहेको अनुमान गरिएको छ।

घटनाअघि उनले सामाजिक सञ्जालमार्फत भावनात्मक भिडियो पोस्ट गरेको समेत खुलेको छ। करिब सात वर्षअघि प्रेम विवाह गरेकी ती युवती र उनका श्रीमानबीच पछिल्लो समय सम्बन्धमा समस्या देखिँदै आएको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर