Lucky-Khabar_

प्रधानमन्त्री बालेनको करोडौँ बैंक मौज्दात, सामाजिक सञ्जालबाट पनि आम्दानी — मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक विवरणले सरकारको पारदर्शिता प्रयासलाई झल्काउने देखिएको छ।

content ad p2

सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शाहको बैंक खातामा १ करोड ४४ लाख रुपैयाँ नगद मौज्दात रहेको छ। उनले आम्दानीको आधुनिक स्रोतका रूपमा फेसबुक, युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालबाट हुने आम्दानीलाई पनि औपचारिक रूपमा उल्लेख गरेका छन्।

अचल सम्पत्तितर्फ, उनको नाममा धनुषामा घर र महोत्तरीमा ९ बिघा पैतृक जमिन रहेको छ। यस्तै, उनकी श्रीमती सबिना काफ्लेको नाममा १९० तोला पैतृक सुन रहेको विवरणमा उल्लेख छ।

मन्त्रिपरिषद्का सदस्यहरूमध्ये अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सबैभन्दा धनी मन्त्रीका रूपमा देखिएका छन्। उनको नाममा ललितपुर र काभ्रेमा करोडौँ मूल्यका अपार्टमेन्ट, काठमाडौंको चन्द्रागिरीमा ३ रोपनी जग्गा तथा अन्य स्थानमा घरजग्गा रहेका छन्। बैंक मौज्दात १ करोड ९० लाख रुपैयाँ रहेको वाग्लेको विभिन्न हाइड्रोपावर र बैंकहरूमा करिब ४ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर लगानी रहेको छ। उनले उक्त सम्पत्ति अन्तर्राष्ट्रिय रोजगारी र निजी लगानीबाट आर्जन गरेको बताएका छन्।

गृह मन्त्री सुधन गुरुङको सम्पत्ति विवरण पनि उल्लेखनीय छ। उनको परिवारको नाममा ८९ तोला सुन रहेको छ भने चितवन र झापामा करिब ७ बिघा खेतीयोग्य जमिन छ। साथै, विभिन्न सहकारी संस्थाहरूमा १५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर रहेको उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्री शिशिर खनालको विवरणअनुसार २२ तोला सुन, २५ तोला चाँदी र १० लाख रुपैयाँ नगद मौज्दात रहेको छ। उनले ३० भन्दा बढी कम्पनीहरूमा सेयर लगानी गरेका छन् भने ५५ लाख रुपैयाँ बराबरको व्यक्तिगत ऋण लगानीसमेत रहेको छ।

सार्वजनिक गरिएको यो सम्पत्ति विवरणले सरकारको पारदर्शिता, सुशासन र भ्रष्टाचार नियन्त्रणप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


 

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर