Lucky-Khabar_

पर्सामा सार्वजनिक जग्गा फिर्ता अभियान तीव्र — ७ डोजरले सयौँ अवैध संरचना ध्वस्त

वीरगञ्ज, १३ वैशाख
जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक जग्गा संरक्षण अभियानलाई तीव्र बनाउँदै आज बिहान ५ बजेदेखि अतिक्रमित संरचना हटाउने कार्य सुरु गरेको छ। वीरगञ्ज महानगरपालिकाको गण्डक चोक र जानकीटोलाबाट सुरु गरिएको अभियानअन्तर्गत गण्डक नहर किनारमा निर्माण गरिएका ३९० वटा अवैध घर–टहरा भत्काउने काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो।

content ad p2

यसैबीच, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, महुवनस्थित पारसनाथ महादेव महुवन मठ अन्तर्गत गुठी संस्थानको करिब ५ बिघा जग्गा पनि अतिक्रमणमुक्त गरिएको छ। मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयको निर्देशन तथा गाउँपालिकाको पहलमा आइतबार बिहानैदेखि ७ वटा डोजर प्रयोग गरी अतिक्रमण हटाउने कार्य सम्पन्न गरिएको हो।

मठको कित्ता नम्बर २७६ अन्तर्गत करिब ५ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको पोखरीको डिलसहित गुठीको जग्गामा अवैध रूपमा घर–टहरा लगायत विभिन्न संरचना निर्माण गरिएको थियो। उक्त संरचनाहरू पूर्ण रूपमा हटाइएको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिनुभयो।

मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोको प्रत्यक्ष निर्देशनमा सञ्चालन गरिएको अभियानमा करिब ३८० वटा अवैध घर–टहरा भत्काइएको अध्यक्ष यादवले बताउनुभयो।

यसअघि, २०८१ माघ ४ गते गाउँपालिका अध्यक्ष यादवले सूचना जारी गर्दै तीन दिनभित्र अतिक्रमण हटाएर जग्गा खाली गर्न आग्रह गर्नुभएको थियो।

सम्बन्धित खबर

जनताको भोटबाट बनेको सरकार ठुलो कि पार्टीको कोठाबाट बनेको न्यायाधीश?

लक्की खबर

काम कति गर्नुभयो, हिसाब चाहियो’: संवैधानिक पदाधिकारीको ‘सेल्फ रिपोर्ट कार्ड’ बाध्यकारी बनाउन माग

लक्की खबर

वैदेशिक रोजगारीमा ठुलो फड्को: सात देशसँग नयाँ श्रम सम्झौता हुँदै, श्रम स्वीकृति अब पूर्ण रूपमा ‘अटोमेसन’ मा!

लक्की खबर