वीरगञ्ज । बिरगंज पेट्रोलियम एसोसिएसन संघ र नेपाल पेट्रोलियम ढुवानी संघ—को संयुक्त आयोजनामा माननीय रामाकान्त प्रसाद चौरसियालाई एक विशेष कार्यक्रमबीच सम्मान गरिएको छ।

कार्यक्रममा नेपाल पेट्रोलियम ढुवानी संघका केन्द्रीय अध्यक्ष मनोज दासको विशेष उपस्थिति रहेको थियो। उद्योग तथा पेट्रोलियम क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा चौरसियालाई पेट्रोलियम क्षेत्रको विकास तथा सहयोगमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका वक्ताहरूले पेट्रोलियम आपूर्ति व्यवस्थालाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका थिए। साथै, पेट्रोलियम ढुवानी तथा वितरण क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न सम्बन्धित निकायहरूबीच समन्वय अझ मजबुत बनाउनुपर्नेमा जोड दिइएको थियो।
सम्मानित व्यक्तित्व चौरसियाले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि पेट्रोलियम क्षेत्रको सुधार र सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



