Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टीको वीरगंज महानगरका विभिन्न वडामा वडा अधिवेशन सम्पन्न

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं. ४, ५ र १२ लगायत अन्य वडाहरूको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ वडा समिति चयन गरिएको पार्टीले जनाएको छ ।

content ad p2

कार्यक्रममा पार्टीका क्षेत्रीय तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अधिवेशनमा राम आर्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यस्तै कृष्ण पासवान, गौतम श्रेष्ठ लगायत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति आर्यले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका थिए । उनले संगठनलाई वडा तहसम्म सशक्त बनाउँदै जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे ।

अधिवेशनमार्फत वडा स्तरमा पार्टी संगठन विस्तार, जनसरोकारका मुद्दामा सक्रियता तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

सम्बन्धित खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर