Lucky-Khabar_

फार्मा प्रिमियर लिग २०८३ : काठमाडौं माभेरिक्ससहित सहभागी टोलीलाई आयोजकको धन्यवाद

वीरगञ्ज । फार्मा प्रिमियर लिग (एफपीएल) २०८३ मा सहभागिता जनाउन काठमाडौंबाट वीरगञ्ज आएको “काठमाडौं माभेरिक्स” टोलीप्रति आयोजक समितिले विशेष धन्यवाद व्यक्त गरेको छ ।

content ad p2

फर्मा क्लब वीरगञ्जका अध्यक्ष निरज कुमार गिरी तथा आयोजक समितिले फार्मा प्रिमियर लिग सिजन–२ को सफल आयोजनामा महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण १० सहभागी टोली, मुख्य प्रायोजक तथा सह–प्रायोजकहरूप्रति हार्दिक धन्यवाद तथा गहिरो आभार व्यक्त गरेका हुन् ।

आयोजक समितिले प्रतियोगितालाई सफल बनाउन खेलाडी, व्यवस्थापन टोली, सहयोगी संस्था, प्रायोजक तथा दर्शकहरूको उल्लेखनीय साथ र सहयोग रहेको जनाएको छ । प्रतियोगिताले खेलकुदमार्फत आपसी सम्बन्ध, सहकार्य र उत्साह अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ ।

फर्मा क्लब वीरगञ्जले आगामी दिनमा पनि अझ व्यवस्थित र भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर