Lucky-Khabar_

भारतीय बसको ठक्करबाट धादिङमा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

धादिङ। धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।

content ad p2

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज साँझ काठमाडौंबाट भारततर्फ जाँदै गरेको एआर ०६ बी ५७२८ नम्बरको भारतीय बसले बाटो काट्ने क्रममा रहेका पैदल यात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा गजुरी गाउँपालिका–५ राईगाउँ निवासी ५२ वर्षीय सोमबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया माया राई गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उद्धार गरी बैरेनी अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा सोमबहादुर राईको साँझ ६ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक राईको शव बैरेनी अस्पतालमै राखिएको छ। गम्भीर घाइते माया राईलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिएका छन्।

सम्बन्धित खबर

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, न्यूनतम मासिक पारिश्रमिक ४० हजार

लक्की खबर

वीरगञ्ज–१६ मा महिला हिंसा विरुद्ध दोस्रो दिन पनि जनचेतनामूलक कार्यक्रम

लक्की खबर

बिरगंज महानगरपालिका–१६ मा महिला विरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु

लक्की खबर