Lucky-Khabar_

वीरगञ्ज–१५ का दिवश सर्राफले झुठो पदको भ्रामक प्रचार गरेको आरोप

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वीरगञ्ज–१५ निवासी सदस्य दिवश सर्राफले पार्टीभित्र आफूलाई उच्च पदमा रहेको भन्दै भ्रामक प्रचार गरेको आरोप लागेको छ।

content ad p2

राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश युवा तथा खेलकुद विभाग प्रमुख आनन्द प्रसाद कानु ले सर्राफले सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक कार्यक्रममा आफूलाई पार्टीको खेलकुद विभागको आधिकारिक जिम्मेवारीमा रहेको व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएको बताएका हुन्।

कानुले जारी गरेको भनाइमा पार्टीको आधिकारिक निर्णय र जिम्मेवारीभन्दा बाहिर गएर गरिएको प्रचारले कार्यकर्तामा भ्रम सिर्जना गरेको उल्लेख गरिएको छ। उनले पार्टीभित्र कुनै पनि पद वा जिम्मेवारी आधिकारिक निर्णय र संगठनात्मक प्रक्रिया अनुसार मात्रै प्रदान गरिने स्पष्ट पारे।

उनका अनुसार दिवश सर्राफले प्रयोग गर्दै आएको पदनाम पार्टीको आधिकारिक अभिलेखमा नरहेको दाबी गरिएको छ। यस विषयमा पार्टीको प्रदेश तहमा छलफल भइरहेको र आवश्यक परे संगठनात्मक कारबाहीसमेत हुन सक्ने संकेत गरिएको छ।यता दिवश सर्राफको तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन। पार्टीभित्र देखिएको यो विवादले वीरगञ्ज क्षेत्रका रास्वपा कार्यकर्ताबीच चर्चा बढाएको छ।

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर