Lucky-Khabar_

शैक्षिक सुधारको संकेत: त्रिविमा ५.६१ प्रतिशतले थपिए विद्यार्थी

काठमाडौं, १० जेठ ।
नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्यनरत विद्यार्थीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। विगत केही वर्षदेखि उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरू विदेशिने क्रम तीव्र बनिरहेका बेला त्रिविको पछिल्लो तथ्याङ्कले भने सकारात्मक संकेत देखाएको हो।

content ad p2

त्रिवि केन्द्रीय कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, यस शैक्षिक सत्रमा समग्र विद्यार्थी संख्यामा ५.६१ प्रतिशतले वृद्धि भएको छ। नियमति शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने प्रयास, परीक्षा र नतिजा प्रकाशनमा ल्याउन थालिएको तीव्रता तथा केही संकायहरूमा गरिएकाे पाठ्यक्रम परिमार्जनका कारण विद्यार्थीहरूको भरोसा पुनः फर्कन थालेको अनुमान गरिएको छ।

विश्वविद्यालयका उपकुलपति कार्यालयका अनुसार, यस वर्ष विशेष गरी व्यवस्थापन (Management), मानविकी तथा सामाजिक शास्त्र, र इन्जिनियरिङ अध्ययन संस्थानतर्फ विद्यार्थी भर्नादर उच्च रहेको छ। “हामीले शैक्षिक तथा प्रशासनिक सुधारका लागि चालेका कदमहरूले बिस्तारै नतिजा दिन थालेका छन्,” त्रिविका एक उच्च अधिकारीले भने, “विद्यार्थी संख्या ५.६१ प्रतिशतले बढ्नुले हामीलाई थप जिम्मेवार बनाएको छ।”

यद्यपि, सूचना प्रविधि (IT) र प्राविधिक धारका केही कोटा केन्द्रित कार्यक्रमहरूमा अझै पनि आकर्षण बढाउन थप मेहनत गर्नुपर्ने चुनौती त्रिवि सामु कायमै छ। स्वदेशमै गुणस्तरीय र समयमै उच्च शिक्षा सम्पन हुने वातावरण बनेमा विद्यार्थीहरू बाहिरिने क्रम न्यूनीकरण हुने विज्ञहरू बताउँछन्। त्रिविले आगामी दिनमा पठनपाठनलाई थप प्रविधिमैत्री र व्यावहारिक बनाउने योजना अघि सारेको छ।

सम्बन्धित खबर

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, न्यूनतम मासिक पारिश्रमिक ४० हजार

लक्की खबर

वीरगञ्ज–१६ मा महिला हिंसा विरुद्ध दोस्रो दिन पनि जनचेतनामूलक कार्यक्रम

लक्की खबर

बिरगंज महानगरपालिका–१६ मा महिला विरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु

लक्की खबर