Lucky-Khabar_

रात्रिकालीन ड्युटीमा खटिने नर्सको भत्ता दोब्बर, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि बढ्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सिङ कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाका लागि थप सुविधा घोषणा गरेको छ।

content ad p2

शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रात्रिकालीन ड्युटीमा खटिने नर्सिङ कर्मचारीले पाउँदै आएको भत्ता दोब्बर बनाइने जानकारी दिए। सरकारले नर्सिङ सेवामा कार्यरत जनशक्तिको मनोबल उच्च बनाउन र उनीहरूको योगदानको सम्मानस्वरूप उक्त व्यवस्था गरिएको जनाएको छ।

त्यसैगरी, देशभर कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदान गरिँदै आएको यातायात खर्चसमेत वृद्धि गर्ने घोषणा गरिएको छ। समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका स्वयंसेविकाहरूलाई थप प्रोत्साहन दिने उद्देश्यले यातायात सुविधामा वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले बताए।

सरकारको यो निर्णयबाट स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सिङ कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर