Lucky-Khabar_

रास्वपा वीरगञ्जको प्रथम नगर अधिवेशन सम्पन्न, दीपराज पटेल सभापतिमा निर्वाचित

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।

content ad p2

निर्वाचनबाट दीपराज पटेल नगर सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी उपसभापतिमा अशुतोष दुबे, सचिवमा गौतम श्रेष्ठ तथा सह–सचिवमा मुन्ना साह तेली निर्वाचित भएका छन्। अधिवेशनले विभिन्न पदमा गरी २३ सदस्यीय नगर कार्यसमिति चयन गरेको जनाएको छ।

अधिवेशन सम्पन्न गराउन पार्टी केन्द्रबाट संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, निराजन खड्का तथा राजन दाहाल वीरगञ्ज आएका थिए।

कार्यक्रममा पर्सा क्षेत्र न.एकको हरि पन्त,दुईको सुशिक साह कानु र तिनको टेक बहादुर शाक्य लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशन शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले सम्पन्न भएको आयोजकले जनाएको छ। नवनिर्वाचित नेतृत्वले संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा पार्टीका नीति–कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खबर

स्थानीय समस्याप्रति गम्भीर बन्दै सांसद कानु, वीरगञ्ज–१७ मा नागरिकसँग अन्तरक्रिया स्थानीय

लक्की खबर

थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लक्की खबर

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्तबहादुर बोहरा

लक्की खबर