Lucky-Khabar_

ट्राफिक कारबाहीबाट दुई दिनमा झण्डै ४२ लाख रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं| काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि गरिएको कारबाहीबाट दुई दिनमै झण्डै ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

content ad p2

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेका २ हजार १०२ जना चालक कारबाहीमा परेका छन्। उनीहरूबाट २१ लाख १० हजार रुपैयाँभन्दा बढी राजस्व राज्यकोषमा दाखिला भएको प्रहरीले जनाएको छ।

यसअघि एकै दिन २ हजार ४३८ जना चालक कारबाहीमा परेका थिए। उक्त दिन २० लाख ७९ हजार रुपैयाँ जरिवाना सङ्कलन भएको थियो। यससँगै दुई दिनमा कुल राजस्व सङ्कलन झण्डै ४२ लाख रुपैयाँ पुगेको छ।

ट्राफिक प्रहरीले लेन अनुशासन उल्लङ्घन, मादक पदार्थ वा लागूपदार्थ सेवनपछि सवारी चलाउने, नियमविपरीत राइड सेयरिङ सञ्चालन गर्ने, ट्राफिक बत्ती उल्लङ्घन गर्ने तथा तीव्र गतिमा सवारी चलाउने चालकलाई प्राथमिकताका साथ कारबाही गर्दै आएको जनाएको छ।

प्रहरीले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षित, व्यवस्थित र दुर्घटनारहित सडक यातायातका लागि नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर