Lucky-Khabar_

मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव छिटो ल्याउन सांसद कानुको पहल

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–९ बडेड्वा निवासी शिव महतो थारुका छोरा ध्रुप महतो थारुको मलेसियामा चार दिनअघि मृत्यु भएको खबर पाएपछि सांसद सुशिल साह कानु आज मृतकको घरमा पुग्नुभएको छ।

content ad p2

सांसद कानुले मृतकका परिवार तथा स्थानीयवासीसँग भेटघाट गर्दै घटनाबारे जानकारी लिनुभएको थियो। भेटका क्रममा उहाँले परिवारजनलाई सान्त्वना दिँदै मृतकको शव नेपाल छिटो ल्याउने कार्यमा आफूले पहल गरिरहेको बताउनुभयो।

मलेसियामा रोजगारीका क्रममा रहेका ध्रुपको मृत्यु भएपछि परिवारजन शोकमा छन्। सांसद कानुले सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी शव नेपाल ल्याउने प्रक्रिया शीघ्र अघि बढाउने प्रतिबद्धता जनाउनुभएको हो।

स्थानीयवासीले पनि मृतकको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गरिदिन सांसद कानुसँग आग्रह गरेका थिए।

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर