Lucky-Khabar_

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको माईस्थान युवा क्लबद्वारा आयोजित आठौँ गणेश पूजा महोत्सव सोमबारदेखि भव्य रूपमा सुरु भएको छ।

content ad p2

माईस्थान मन्दिर अगाडिको पार्कमा आयोजना गरिएको महोत्सवको पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले उद्घाटन गर्दै विधिवत् रूपमा गणेश पूजाको शुभारम्भ गर्नुभएको हो।

चार दिनसम्म सञ्चालन हुने महोत्सवमा महाआरती, संगीतमय भजनसन्ध्या, धार्मिक अनुष्ठान तथा विभिन्न देवी–देवताका कलात्मक एवं दिव्य झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ। दैनिक साँझ ७ बजेदेखि विशेष झाँकी तथा धार्मिक–सांस्कृतिक कार्यक्रम सञ्चालन हुने क्लबका पूर्वअध्यक्ष राहुल रौनियारले जानकारी दिनुभयो।

रौनियारका अनुसार यस वर्षको गणेशोत्सवलाई विगतका वर्षभन्दा थप आकर्षक, संगीतमय र ऐतिहासिक बनाउने तयारी गरिएको छ। धार्मिक आस्था, संस्कृति तथा परम्पराको संरक्षण गर्दै वीरगञ्जवासीलाई एउटै स्थानमा भेला गराई भक्तिमय वातावरण सिर्जना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो।

महोत्सवमा वीरगञ्ज तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। चार दिनसम्म धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भएपछि पाँचौँ दिन विशेष कार्यक्रमसहित महोत्सवको समापन गरिनेछ। समापनका अवसरमा विशेष रूपमा तयार पारिएको लड्डुको भोग तथा प्रसाद भक्तजन एवं सर्वसाधारणलाई वितरण गरिने आयोजकले जनाएको छ।

महोत्सवका धार्मिक अनुष्ठान तथा पूजालाई शास्त्रीय विधिअनुसार सम्पन्न गराउन चर्चित ‘ज्योतिष सम्राट’ डा. पुरुषोत्तम दुबेले मुख्य पण्डितको जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँको धार्मिक मार्गदर्शनमा पूजा तथा अन्य अनुष्ठानहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा माईस्थान युवा क्लबका अध्यक्ष सागर सर्राफ, उपाध्यक्ष शुभम पटेल, कोषाध्यक्ष लखन गुप्ता, सचिव सुभाष गुप्ता, पत्रकार संयोजक अभिलाष कुमार गुप्ता, सन्तोष किश्वाहा लगायतको उपस्थिति रहेको थियो।

माईस्थान युवा क्लबले सम्पूर्ण वीरगञ्जवासी तथा श्रद्धालु भक्तजनलाई गणेश पूजा महोत्सवमा सहभागी भई धार्मिक तथा सांस्कृतिक उत्सवलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

oplus_2097154

सम्बन्धित खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर

मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव छिटो ल्याउन सांसद कानुको पहल

लक्की खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर