आइतबार तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेर १ हजार ८४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको थियो ।




