Lucky-Khabar_

प्रहरी प्रधान कार्यालयको सम्पर्कविहीन २४ प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन

१०असोज,काठमान्डौ । विभिन्न क्षेत्रमा कार्यरत २४ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको भन्दै तत्काल सम्पर्कमा आउन सूचना  प्रहरी प्रधान कार्यालय नक्सालले जारी गरेको छ।

content ad p2

प्रहरी प्रधान कार्यालय अन्तर्गत महानिरीक्षकको सचिवालयको कानुन शाखाले आज सूचना जारी गर्दै ती कर्मचारीहरू आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा पनि कुनै सम्पर्क हुन नसकेको बताएको छ।

सूचना अनुसार, प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसकेको अवस्थामा पनि ती प्रहरी कर्मचारीले कार्यालयमा सम्पर्क नगरेको जनाइएको छ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले ७  दिनभित्र गैर हाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरण दिनु पर्ने चेतावनी दिएको छ। त्यस समयमा हाजिर नभए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

कारबाहीको सम्भावना
प्रहरी नियमावली बमोजिम, गैर हाजिर प्रहरी कर्मचारीलाई अनुशासन उल्लङ्घन गरेको मानिने भएकोले थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहेको छ।

सम्पर्कविहीन प्रहरी कर्मचारीहरूले सात दिनभित्र हाजिर नगरेमा कानुनी रूपमा निलम्बन, पदबाट हटाउने जस्ता कारबाहीहरू लागु हुन सक्नेछ।

स्रोत: प्रहरी प्रधान कार्यालय

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर