Lucky-Khabar_

सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

११ असोज, काठमाडौं। परिषदको शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

content ad p2

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्।

६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् ।

निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन् । उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए ।

सर्वोच्चमा सिफारिस भएका नित्यानन्द पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन् । उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर