Lucky-Khabar_

ज्येष्ठ नागरिकको पैसा लुट्ने ४जना भारतीय नागरिक बारामा पक्राउ

२२ असोज, बारा ।बारा प्रहरीले जेष्ठ नागरिकले बैंकबाट निकालेको रकम लुटेर फरार भएका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने चारै जना भारतीय नागरिक रहेका छन्।

content ad p2

असोज १ गते कलैया उपमहानगरपालिका–१ स्थित प्रभु बैक अगाडिबाट ५० हजार रकम निकालेर घरतर्फ जाँदै गरेका बलिरामपुरका बृद्धलाई बाटोमा चक्कु देखाएर रकम लुट्ने गिरोह पक्राउ परेका हुन्।

पक्राउ पर्ने भारत बिहार जिल्ला पश्चिम चम्पारणका ४३ वर्षीय सुरेश प्रसाद बानियाँ, ४५ वर्षीय शर्मा मुखिया, ३५ वर्षीय शैलेश तिवारी र बिहार मोजफरपुरका ३४ वर्षीय रवि दास रहेका छन्।

बलिरामपुरका उक्त जेष्ठ नागरिकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो। प्रहरीका अनुसार चारै जना पुनः अर्को व्यक्तिलाई लुट्ने योजना बनाइरहेको अवस्थामा कलैयाबाट पक्राउ परेका हुन्। आफूहरूलाई आएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएको छ।

पक्राउ पर्ने हरूको साथबाट भारतीय नम्बरको एउटा मोटरसाइकल समेत बरामद भएको प्रवक्ता सापकोटाले बताएका छन्। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर