Lucky-Khabar_

सिन्धुलीको भिमानमा उँट भेटियो

२२असोज,सिन्धुली| मंगलबार बिहान पश्चिम सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ भिमानमा बस्ती नजिकै उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले बताए ।

content ad p2

उक्त हरिहरपुरगढी बस्तीमा हालसम्म उट देखिएको थिएन। उँट देखिएपछि स्थानीय त्रसिद भएका छन्।

उँट हर्नेहरूको भिड उत्तिकै लागेको छ। हालसम्म कतिपयले उँट नदेखेका कारण गाउँमा त्रास भएको हो। ‘उँट बस्तीमा देखिएको छ। केही मानिसमा त्रास छाएको छ,’ अध्यक्ष वाइवाले भने।

यो उँट कहाँबाट आएको हो भन्ने एकिन छैन। हामीले वन डिभिजन कार्यालयसँग सम्पर्क गरेका छौं,’ अध्यक्ष वाइवाले थपे। उता डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले उँट भेटिएको खबर आएपछि कार्यालयबाट वन कर्मचारी र प्रहरी त्यसतर्फ जाँदै गरिएको बताए।

उनले यो नेपालका जंगलमा नपाइने भएकाले भारतबाट ल्याएर कसैले पाल्दै आएको उँट फुत्किएर भागेको हुन सक्ने उल्लेख गरे। ‘यो सुख्खा मरुभुमि क्षेत्रमा पाइने जनावर हो। नेपालका जंगलमा पाँइदैन। भारतबाट ल्याएर तराई तथा चितवनतिर पालेको कसैको फुत्किएर आएको हुन सक्छ। हाम्रो टोली त्यसतर्फ जाँदै छ,’ उनले भने।

उँट क्यामेलस प्रजाती अन्तरगत पर्ने एक खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो। यो अरवियन र ब्याकट्रियन गरी दुई प्रजातिका हुन्छन्।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर