Lucky-Khabar_

आज नेपालको यू–१९ महिला टिम यूएईलाई हराउँदै विश्वकपमा छनोट

२८ कार्तिक,काठमाडौं। नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ। आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो।

content ad p2

युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो।

यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रनमा रोकेको थियो।

यू–१९ महिला टी–२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदै छ। १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ। यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रिय छनौटबाट नेपालसहित ५ देशले भाग लिँदै छन्।

जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इण्डिज रहेका छन्।

त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन्।

यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ। जसमा नेपाल समूह डी मा परेको छ। यस समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्।

यसअघि २०२३ मा भएको पहिलो यू–१९ महिला टी–२० विश्वकप भारतले जितेको थियो। २०२३ को विश्वकप छनौट प्रतियोगितामा नेपाल तेस्रो हुदै एसियाबाट छनौट हुन सकेको थिएन । एशियाबाट युएई शिर्ष स्थानमा रहदै छनौट भएको थियो।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर