किताब सबैभन्दा राम्रो साथी ह त्यसैले पढ्नुपर्दछ । किताब पढ्नाले ज्ञान प्राप्त हुनुका साथै जीवन जिउने तरिका बारे पनि जान्न सकिन्छ ।

बाल विशेषज्ञले अभिभावकलाई बच्चालाई किताब पढेर सुनाउने सल्लाह दिन्छन् । आफ्ना बच्चासँग किताब पढ्ने र सुनाउने गर्दा बच्चाको रुचि बढ्छ । साथै उनीहरुले पढाईको महत्व पनि बुझ्न थाल्छन् । किताबको ज्ञान हासिल गर्दा बच्चाको शारीरिक तथा मानसिक स्वास्थ्य दुवैलाई फाइदा हुन्छ ।

किताब पढ्नाले मानसिक विकास हुन्छ । पढ्नका लागि मानव मस्तिष्कमा सर्किट र संकेतको एउटा जटिल नेटवर्क छ साथै दिमाग बलियो हुन्छ।
ज आफ्नो बच्चा ठूलो भएर समझदार बनेको हेर्न चाहनुहुन्छ भने किताब अवश्य पढेर सुनाउनुहोस् ।
अध्ययनबाट बच्चाको तनाव कम गर्नका लागि उनीहरुलाई प्रेरित हुने खालका केही क्रियाकलाप गराउन जरुरी हुन्छ ।

अभिभावकले उनीहरुलाई किताब पढेर सुनाउन सक्छन् । यसबारेमा सन् २००९ मा एउटा समूहले अमेरिकामा एउटा अध्ययन गरेको थियो जसबाट यो कुराको पुष्टि भयो, ३० मिनेट पढ्दा रक्तचाप, हृदयको गति तथा मनोवैज्ञानिक संकटको भावना त्यति नै रफ्तारमा घट्दछ जसरी योग गर्दा घट्ने गर्छ ।
साना बच्चामा स्वभाविक रुपले पनि ठूला सपना देख्ने र ति सपनालाई पूरा गर्ने क्षमता पनि राख्दछन् । त्यसका साथै अभिभावकले यदि किताब पढेर सुनाउने गरेमा उनीहरुको कल्पना गर्ने क्षमता अझै बढेर जान्छ । कल्पना गर्ने बानीले बच्चा आफैमा खुशी हुन्छन् र राम्रो महसुस गर्दछन् । उनीहरुको कल्पना गर्ने क्षमताले उनीहरुको पढाईमा पनि फरक पार्दछ ।


