Lucky-Khabar_

पर्साको ठोरीमाअंग्रेजी नयाँबर्ष २०२५ नजिकिएसँगै पर्यटकको चहलपहल बढ्दै

११ पुष,बिरगंज ।करिब १ सातादेखि पर्यटकहरु पर्यटन क्षेत्रको रुपमा परिचित ठोरीमा आउने क्रम बढेको छ । स्वदेशका मधेश र बागमती प्रदेशको साथसाथै बाह्य भारतको बिहार र उतर प्रदेश राज्यका पर्यटकहरु ठोरीमा भित्रिने बढेको हो ।

अंग्रेजी बर्ष २०२४ को अन्मित र २०२५ को पहिलो महिना वनभोजमा जाने तथा घुम्न आउने र रमाइलो गर्ने मौषम भएकाले यस क्षेत्रमा पर्यटकको संख्यामा बृद्धि भएको हो। पुष १० गते क्रिसमसको दिनमा मात्र १ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु आएका जनाइएको छ ।

content ad p2

सामुदायिक वनका सचिव तथा स्थानीय जगेन्द्र पौडेलका अनुसार बिगत १ सातादेखि ठोरीमा आउने आन्तरिक तथा बिदेशी पर्यटकको संख्या बढेको छ। इस्वी सम्बतको नयाँ बर्ष जनवरी १ तारिख आउन लागेका कारण पर्यटकको संख्या बढेको पौडेलले बताए।

पर्यटकहरुको संख्या बृद्धि भएसंगै यस क्षेत्रमा होटेल तथा अन्य व्यापारिक गतिविधिमा चहल पहल बढेको पौडेलले बताए। त्यस्तै ठोरीमा रहेका गामबेसी खाजा घर तथा लजका संचालक मनिस प्याकुरेलका अनुसार पसलमा पाहुनाहरु (पर्यटकहरु) आउने क्रम बढेकाले व्यवसाय राम्रो चलेको बताए।

सम्बन्धित खबर

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर