Lucky-Khabar_

‘Police Baton २०८३’ अन्तर्गत वीरगञ्ज प्रदेश प्रहरी कार्यालयको अनुगमन

वीरगञ्ज, ५ असोज । नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कन कार्यक्रम ‘Police Baton २०८३’ अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज पर्साको अनुगमन तथा निरीक्षण गरिएको छ।

content ad p2

असोज ५ गते भएको अनुगमन तथा मूल्याङ्कनका क्रममा ‘Police Baton २०८३’ केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहको नेतृत्वमा रहेको टोलीले प्रदेश प्रहरी कार्यालय वीरगञ्जको समग्र काम–कारबाहीको स्थलगत निरीक्षण गरेको हो।

टोलीले कार्यालयको भौतिक पूर्वाधार, उपलब्ध स्रोत–साधनको व्यवस्थापन, अपराध अनुसन्धान, प्रहरी कार्य, मानवस्रोत व्यवस्थापन तथा विभिन्न शाखाबाट हुँदै आएका कामको निरीक्षण र मूल्याङ्कन गरेको थियो।

अनुगमनका क्रममा एआईजी शाहले कार्यालय परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो। सो अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले कार्यालयको समग्र कार्यसम्पादन, उपलब्धि तथा व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

एआईजी शाहले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै प्रहरी सेवाको प्रभावकारिता, अनुशासन, व्यावसायिकता, अपराध अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवामा थप केन्द्रित हुन निर्देशन दिनुभएको थियो।

नेपाल प्रहरीले सञ्चालन गर्दै आएको ‘Police Baton’ कार्यदक्षता मूल्याङ्कनमार्फत प्रहरी कार्यालयहरूको कार्यसम्पादन, स्रोत–साधनको उपयोग, अनुसन्धान क्षमता, व्यवस्थापन तथा सेवा प्रवाहलगायतका पक्षको समग्र मूल्याङ्कन गर्ने गरिएको छ।

सम्बन्धित खबर

रसुवा बाढीमा ज्यान गुमाएका परिवारसँग भेटघाट गर्दै मा. रहबर अन्सारी

लक्की खबर

त्रिपुरेश्वर बस आगलागीमा विवाददेखि आगलागीसम्म के के भयो त !

लक्की खबर

पर्साको धोबिनीमा चोरी भएको घरमा महिला मृत फेला

लक्की खबर