Lucky-Khabar_

वीरगञ्जको दुई ठाउमा गरेको रक्तदान कार्यक्रममा १६७ ले गरे रक्तदान

१२ पुष,वीरगञ्ज ।वीरगञ्जको दुई ठाउमा गरेको रक्तदान कार्यक्रममा १६७ ले गरे रक्तदान गरेको छ । सिद्धार्थ बैंक वीरगन्ज शाखा र प्रदीप खण्डेलवाल मेमोरियल ट्रष्टले छुट्टाछुट्टै स्थानमा आयोजना गरेको कार्यक्रममा १६७ जनाले रगत दान गरेका छन् ।

बैंकको २२औँ वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजित कार्यक्रममा २ जना महिलासहित ६३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा ईन्द्रदेव साह, दिपम गोयल, धना आले, शिवा सिंह, रितेश कुमार रमन, नीतेश खड्की, गोपीराम महतो लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका राजन श्रीवास्तवले जनाएको छ ।
त्यस्तै प्रदिप खण्डेलवाल मेमोरियल ट्रष्टको सातौ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा ४ महिला सहित १०४ जनाले रक्तदान गरेका छन ।
आर्दशनगरमा सम्पन्न रक्तदान कार्यक्रममा प्रिती पटेल, मङगिता कुमारी, खुश्बू गुप्ता, रश्मि श्रेष्ठ, संजय दास थारु, बडेलाल चौधरी, अजय कुमार चौधरी, बिजय चौधरी थारु, देवनारायण चौधरी, अमर कुमार गुप्ता, स्वागतम चौधरी, रञ्जय कुमार गुप्ता, राजिव सिंह लगायतकाहरुले रक्तदान गरेको रक्तसंचार केन्द्रका श्रीवास्तवले जनाए ।

रक्तदान कार्यक्रम नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल औषधि ब्यवसायी संघ पर्साका अध्यक्ष ताजुदिन अन्सारी, संघका बिश्वराज गौतम, प्रमोद सर्राफ, मुकेश प्रसाद लगायतकाहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता ट्रष्टका अध्यक्ष प्रकाश खण्डेलवालले गरेका थियो ।

content ad p2

सम्बन्धित खबर

रसुवा बाढीमा ज्यान गुमाएका परिवारसँग भेटघाट गर्दै मा. रहबर अन्सारी

लक्की खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर