Lucky-Khabar_

ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि

९ माघ,बागमती । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चेक जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको छ ।

content ad p2

सवारी चालक तथा सवारी साधनमाथि ट्राफिक नियम उल्लङ्घन गरी चलाउनेलाई  कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु १  करोड ३२ लाख २४ हजार ५०३ राजस्व संकलन भएको छ ।

सोहि अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारबाही गरी सो राजस्व संकलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । यो अघिल्लो आर्थिक वर्षको सो अवधिको तुलनामा रु १६ लाख २० हजार ५०० बढी राजस्व संकलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ६  महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारबाही गरी रु १  करोड १६ लाख चार हजार राजस्व संकलन गरेको थियो ।

यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भीर घाइते भएका  जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ट प्रहरी नायब  निरीक्षक राजेश कु. दाहालले  बताएको छ |

”सवारी चलाउदा सुरक्षा अपनाउ,ज्यान जोगाउ” भनि भनाईका साथ बरिष्ट प्रहरी नायब  निरीक्षक  दाहालले सवारी चालकलाई बिभिन्न माध्यमबाट जानकारी गराई रहन्छ |

त्यस्तै जिल्ला  ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइका साथ  सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनले बताएका  छन  ।

 

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर