Lucky-Khabar_

अयोध्याको श्री राम मन्दिरका मुख्य पुरोहित आचार्य सत्येन्द्र दासको निधन

३० माघ,काठमाडौं | भगवान् श्री रामको जन्मभूमि अयोध्यास्थित राम मन्दिरका मुख्य पुरोहित आचार्य सत्येन्द्र दासको निधन भएको छ ।

content ad p2

आचार्य दासको ८३ वर्षको उमेरमा उत्तर प्रदेश राज्यको राजधानी लखनउको सञ्जय गान्धी पोस्ट ग्र्याजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एसजीपीजीआईएमएस) मा उपचारका क्रममा निधन भएको हो । अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै दासको निधन भएको पुष्टि समेत गरिसकेको छ ।

मस्तिष्क आघातका कारण आचार्य सत्येन्द्र दासलाई गत साता गम्भीर अवस्थामा एसजीपीजीआईएमएसको न्यूरोलोजी वार्डमा भर्ना गरिएको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आचार्य दासको स्वास्थ्य अवस्थाबारे जानकारी लिन एसजीपीजीआईएमएस पुगेका थिए ।

आचार्य सत्येन्द्र दास ६ डिसेम्बर १९९२ मा बाबरी मस्जिदको विध्वंसका समयमा पनि प्रमुख पुरोहित थिए । उनले विध्वंस अघि मन्दिरका मूर्तिहरू नजिकैको फकिरे मन्दिरमा सारेर राखेका थिए, र विध्वंस पछि ती मूर्तिहरूलाई राम जन्मभूमिको अस्थायी मन्दिरमा राखेका थिए । राम मन्दिरको नयाँ प्राण प्रतिष्ठा समारोहपछि, उनी मन्दिरका प्रमुख पुरोहितका रूपमा सेवा गर्दै आएका थिए ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर