Lucky-Khabar_

बुहारीलाई सासूको हत्या आरोपमा पक्राउ

३० माघ,धनुषा ।प्रहरीले बुहारीलाई सासूको हत्या आरोपमा   पक्राउ गरेको छ । धनुषा प्रहरीले ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या आरोपमा उनकै बुहारीलाई पक्राउ गरेको हो ।

content ad p2

पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ उधा बस्ने ३५ वर्षीया रक्षाकुमारी मण्डल छिन् ।


घरायसी विवादका क्रममा उनीहरुबिच विवाद भएको थियो । विवादले उग्र रुप लिई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको खबर प्रहरीलाई आएको थियो ।

सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले बुहारी रक्षालाई मंगलबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ प्रहरीले  बताए।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर