Lucky-Khabar_

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

काठमाडौं । लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो।

content ad p2

प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत हुन सक्ने कसुरबारे अनुसन्धान गर्ने क्रममा भट्टलाई पक्राउ गरिएको हो। उनको व्यावसायिक कारोबार तथा इनाम सापकोटासँगको सम्बन्धका विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ।

पक्राउ परेका भट्टलाई हाल काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ। प्रहरीले उनीसँग सम्बन्धित कारोबार तथा अन्य विषयमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

यद्यपि, प्रहरीले अनुसन्धान अघि बढाएको अवस्थामा पक्राउ पर्नु मात्रले कुनै पनि व्यक्तिको कसुर प्रमाणित हुँदैन। अनुसन्धानबाट प्राप्त तथ्य तथा प्रमाणका आधारमा मात्रै घटनाको वास्तविकता स्पष्ट हुनेछ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर